प्याब्सकले फुटसल कप आयोजना गर्ने
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।
संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जनाए ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा