दोलखा प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी
आइतबार, १८ मंसिर २०७९, २१ : २७

दोलखा प्रदेश १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् । काफ्ले आइतबार निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरी विजयी भएका हुन् । काफ्लेले २२ हजार ७९७ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १४ हजार ७५५ मत प्राप्त गरेका छन् । काफ्लेले निकटतम प्रतिद्वन्द्वी श्रेष्ठलाई ८ हजार ४२ मतान्तरले पराजित गरेका छन् ।
दोलखाको प्रदेशसभा २ मा यसअघि एमालेका भरतबहादुर केसी विजयी भैसकेका छन् । जिल्लामा प्रतिनिधिसभातर्फको मतगणना भने अहिले जारी छ । जहाँ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की र एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीबीच प्रतिस्पर्धा छ । पछिल्लो मतपरिणामअनुसार कार्कीले अग्रता लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता