फ्रान्स क्वाटरफाइनलमा, जिरुको कीर्तिमान–एम्बाप्पेको दुई गोल

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।
अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए । खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो ।
उनले फ्रान्स राष्ट्रिय टोलीका लागि हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले फ्रान्सका लागि ५२ गोल गरे । उनी अघि थिएरी हेनरीको नाममा सर्वाधिक ५१ गोल गर्ने खेलाडीको कीर्तिमान थियो ।
फ्रान्सका लागि खेलको ७४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।
खेलका इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलसँगै जित नजिक लिए । खेलको इन्जुरी समयमा नै लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए पनिट पोल्यान्ड ३–१ गोलले पराजित भयो । अब फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमृत साइन्स क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने
-
‘सरकार र राष्ट्र बैंकले व्यावसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छ’
-
एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात
-
ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भैँसीलाई बिन बजाएजस्तै हो
-
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक : कसको कति ?
-
आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन र मृतकलाई सहिद घोषणा गर्न माओवादीको माग