बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय

सोमबार, १९ मंसिर २०७९, ०५ : ३९
सोमबार, १९ मंसिर २०७९

इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इङ्ल्यान्डलाई २-० को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा साकाले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को जित दिलाए ।   अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप