ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माण सुरु हुँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले फ्लाइओभर निर्माणका लागि डिजाइनलगायतका आवश्यक सबै पूर्वतयारी भइसकेको बताउँदै शुक्रबारदेखि निर्माण सुरु गरिने जानकारी दिए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम/एस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ । फ्लाईओभरको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) जियोकम/बीडीए/रेज (संयुक्त)ले तयार गरेको हो ।
२०७८ फागुन १९ मा फ्लाइओभरका डिजाइन सुरु भएको थियो । महानिर्देशक थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गरिने बताउँदै सोही क्रममा ग्वार्को चोकमा फ्लाइओभर निर्माण हुन लागेको बताए । उनले अगाडि भने “सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको निर्माण हुनेछ, निर्माण भइसकेपछि यस चोकमा चक्रपथका सवारीसाधन फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन, ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभरको मुनिबाट ‘क्रस’ गर्ने छन् ।” फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ । फ्लाइओभरको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । सो फ्लाइओभरको उचाइ ५.५ मिटरको हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलि राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता
-
सांसद अरुण चौधरीविरुद्ध जिल्ला अदालतको फैसला बदरको माग राख्दै पुनरावेदनको तयारी
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती