निगमको एक महिनामा एक अर्ब १७ करोड नाफा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ ।
निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि जोडिएको छ । यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपियाँ ४७ पैसा (४८ रुपियाँ ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपियाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपियाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमान दुर्घटनाको पराकम्प : पोखरामा ५० प्रतिशत यात्रु घटे, अन्तर्राष्ट्रिय उडान अनिश्चित
-
वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती
-
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन
-
विद्युतीय कारोबारको सीमा बढ्यो
-
अनाथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
-
लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’