बन्दुकधारीद्वारा मस्जिदमा हमला, १९ जनाको अपहरण
सोमबार, १९ मंसिर २०७९, ०८ : ५८

बन्दुकधारीहरूले नाइजेरियाको उत्तरपश्चिममा रहेको एउटा मस्जिदमा आक्रमण गरेर १९ मुस्लिम उपासकहरूलाई अपहरण गरेको प्रहरीले आइतबार जनाएको छ । आक्रमणकारीहरूले नमाजको बेला कट्सिना राज्यको मैगाम्जी गाउँको मस्जिदमा आक्रमण गरेका थिए । उनीहरुले दुई जनालाई घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ ।
अपहरणकारीले १३ जनालाई अपहरण गरेको प्रहरीले जनाएको छ । ६ जना पादरीलाई अपहरणकारीबाट मुक्त गराएको जनाइएको छ । उत्तरपश्चिम र मध्य नाइजेरियालाई स्थानीय रूपमा डाकुहरू भनेर चिनिने आपराधिक गिरोहहरूले आतंकित बनाएका छन् । उनीहरुले गाउँमा छापा मारेर गाईवस्तुहरू चोर्छन् र फिरौतीको लागि अपहरण गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयतालाई संस्थागत गरे मधेसको विकासमा कायापलट हुन्छ : अध्यक्ष यादव
-
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
-
पाल्पाका सात पालिकामा भेटिए कुष्ठ रोगी
-
हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
लिदी पहिरोबाट विस्थापितलाई जग्गाधनी प्रमाण पुर्जा