शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उन्नत गाई आयात गर्न ढुवानी भाडा दिँदै बागमती सरकार

सोमबार, १९ मङ्सिर २०७९, ०९ : ४९
सोमबार, १९ मङ्सिर २०७९

बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उन्नत गाई आयात गर्न इच्छुक संस्था वा फार्मलाई ढुवानी भाडा अनुदान दिने भएको छ । सोमबार यसका लागि बोर्ड प्रस्ताव आह्वान गरेको छ । 

प्रदेशको आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रममा उन्नत गाई आयातमा ढुवानी अनुदान कार्यक्रम राखिएको छ । जसअनुसार प्रस्ताव आह्वान गरेको हो । नश्ल सुधारका लागि विदेशबाट गाई आयात गर्नका लागि यस्तो सुविधा दिन लागेको हो । 

कतिसम्म पाइन्छ अनुदान ?

हवाई माध्यमबाट आयात गर्दा ढुवानीबापत प्रति गाई बढीमा एक लाख रुपैयाँसम्म पाइने उल्लेख छ । अनुदान बागमतीका १३ वटै जिल्लाका किसानको हकमा लागू हुने कार्यविधिमा उल्लेख छ । बागमतीका काभ्रे, चितवन, मकवानपुरमा धेरै गाईपालन हुने गर्दछ । मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० मा विदेशबाट हवाइ मार्ग मार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप