बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवौँ विश्व माटो दिवस मनाइयो

सोमबार, १९ मङ्सिर २०७९, १० : ४९
सोमबार, १९ मङ्सिर २०७९

‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी नवौँ विश्व दिवस मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि विभागले सोमवार सो अवसरमा आयोजना गरेको विभिन्न कार्यक्रममा कृषि र माटोसँग सरोकार राख्नेहरूले माटोको विषयमा आफ्नो धारणा राखेका छन् ।

प्रभातफेरीपछि आयोजना गरेको मूल समारोह कार्यक्रममा कृषि मन्त्रालयको पशुपन्छी तर्फका सचिव डा. दीपक खरालले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित सरोकारवालालाई आग्रह गरे । कृषिका लागि मुख्य माटो नै हो यसको संरक्षण, सम्वर्द्धनमा ध्यान दिनु पर्ने बताउँदै उनले माटोको विषयमा अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताए । माटोको गुणस्तर दिनदिनै ह्रास भइरहेकोले त्यसलाई कसरी जोगाउन सकिन्छ त्यसको बारे सबैले सोच्नु पर्ने उनले धारणा राखेका थिए ।

सो कार्यक्रममा चित्रकाला प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट तीनवटा चित्रकालालाई पुरस्कृत समेत गरेको छ । माटो वैज्ञानिक डा.नवीन रावल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ, आस्था वैज्ञानिक अनुसन्धान सेवा प्रालिका अमृत आचार्यलगायतले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप