सुनको भाउ प्रतितोला एक लाख नजिक पुग्यो
सोमबार, १९ मंसिर २०७९, १० : ५४

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलाको लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
विवाहको मौसम भएकाले पनि मंसिर लागेसँगै सुनचाँदीको मागमा उच्चता आएको र मूल्य लगातार वृद्धि भइरहेको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा
-
आइएफआरसीका महासचिव चापागाईँ नेपालमा
-
शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु
-
शाहीप्रति लक्षित गर्दै कर्णालीका मुख्यमन्त्रीले भने– ‘म कसैसँग जुहारी खेल्ने पक्षमा छैन’
-
जनतालाई महसुस हुनेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ : मन्त्री गिरी
-
माधव नेपालको राजनीतिक प्रतिवेदन : एमालेबाट विद्रोह गर्नु जायज