शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको डीआरएस गेमिङ पब्जी विश्वकपको फाइनलमा

सोमबार, १९ मङ्सिर २०७९, ११ : ०४
सोमबार, १९ मङ्सिर २०७९

नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ को फाइनलमा प्रवेश गरेको छ । डीआरएसले ‘लास्ट चान्स’ को अङ्क तालिकामा शीर्ष  पाँचभित्र पर्दै अन्तिम चरणमा स्थान बनाएको हो ।  लास्ट चान्सका १२ खेलबाट ३८ एलिमिनेसन पोइन्ट र एक चिकेन डिनरसहित कुल १११ पोइन्ट ल्याएर यो टिम अङ्क तालिकाको चौंथो स्थानमा रहेको छ ।

त्यस्तै ‘लास्ट चान्स’को पहिलो स्थानमा ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ र दोस्रो स्थानमा ‘भ्याम्पायर ई-स्पोर्ट्स’ रहन सफल भए । पहिल‍ो स्थानमा रहेको ‘अल्फा सेभेन ई–स्पोर्ट्स’ ले ८० एलिमिनेसन पोइन्ट र तीन चिकेन डिनरसहित कूल १६३ पोइन्ट रहेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको भ्याम्पायर ई–स्पोर्ट्स र ‘आईएचसी ई–स्पोर्ट्स’को समान ११९ पोइन्ट रहेको छ ।

‘लास्ट चान्स’को खेल सकिएसँगै अन्ति‍म चरणका टिमको पनि टुङ्गो लागेको छ । अन्तिम चरणका लागि ‘डीआरएस गेमिङ’ सँगै ‘अल्फा सेभेन ईस्पोर्ट्स’, ‘भ्याम्पायर ई-स्पोर्ट्स’, ‘आईएचसी ई–स्पोर्ट्स’ र ‘इन्को गेमिङ’ छनोट भएका छन् ।
फाइनल प्रवेशसँगै डीआरएसले एक करोड रूपैयाँभन्दा बढी रकम प्राप्त गर्ने भएको छ । अन्तिम चरण अर्थात् फाइनलका खेल जनवरी ६ देखि ८ सम्म इन्डोनेसियाको जकार्तामा हुनेछ, जसमा अर्को नेपाली टिम ‘ट्रेन टु किल’ पनि छनोट भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप