एनएमबी बैंकको ४४ हजार कित्ता संस्थापक सेयर लिलामिमा
सोमबार, १९ मंसिर २०७९, ११ : ३२

एनएमबी बैंकको साढे ४४ हजार कित्ता बराबरको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकेर बिक्रीमा ल्याइएको सेयरमा संस्थागत सदस्य तथा कम्पनीहरूले किन्न सक्नेछन् । इच्छुक खरिदकर्ताले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरूले पनि यो सेयर किन्न सक्नेछन् ।
मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने बैंकको सेयर आगामी पुस ४ गतेसम्म जारी रहनेछ । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत लिँदै मुख्यमन्त्री रावल, नागरिक उन्मुक्ति पार्टीले साथ छोड्दा पद धरापमा
-
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
-
कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको सुविधा दिन नहुनेबारे परेको मुद्दामा आज सुनवाइ
-
जसपा र एकीकृत समाजवादीलाई फकाउँदै प्रधानमन्त्री
-
लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन आज, तीन उम्मेदवार प्रतिस्पर्धामा
-
राष्ट्र बैंकको तथ्यांकले शेयरबजारमा तीव्र वृद्धि