बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिकेलाई भेटेपछि बाबुरामले भने –सिंहदरबारमा औँला उठाउनेहरू गलत साबित

सोमबार, १९ मङ्सिर २०७९, १२ : २१
सोमबार, १९ मङ्सिर २०७९

जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । डा.भट्टराईले जनमत पार्टीका अध्यक्ष राउत र अन्य पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल र भेटवार्ता भएको बताएका छन् । 

राउतसँगको भेटवार्ताको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराईले आफूले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उनलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत साबित भएकोमा खुशी व्यक्त गरेका छन् । 

‘मैले संविधान निर्माणका क्रममा संवैधानिक समितिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औँला ठड्याउनेहरू आज गलत साबित भएकोमा खुशी’, डा.भट्टराईले सोमबार ट्वीटमार्फत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप