आइतबार, २२ माघ २०७९
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सोमबार, १९ मंसिर २०७९, १२ : ३२
सोमबार, १९ मंसिर २०७९

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १२९ रुपैयाँ ८२ पैसा र विक्री मूल्य १३० रुपैयाँ ४२ पैसा तोकिएको छ। आइतबारको तुलनामा अमेरिकी डलरमा कुनै पनि परिवर्तन आएको छैन ।

युरोपियन युरो  ६३ पैसाले वृद्धि भइ एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा बिक्री दर १३७ रुपैयाँ ४६ पैसा कायम रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५६ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

क्यानेडियन डलर ३३ पैसाले ओरालो लागेर  एकको खरिद दर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२, सिंगापुरे डलर एकको खरिद दर ९६ रूपैयाँ ०२ पैसा र विक्री दर ९६ रुपैयाँ ४७ पैसा रहेको छ। जापानी येन १० एकको खरिदमा ९ रूपैयाँ ६७ पैसा र बिक्रीमा ९ रुपैयाँ ७१ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा रहेको छ।

साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य ३४  खरिद दर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप