यू–१९ क्रिकेट : लुम्बिनीसँग सुदूरपश्चिमको बदला

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । डिफेन्डिङ च्याम्पिपयन लुम्बिनीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले यो उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २१ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक ३९ रन बनाए । उनलाई दीपक बोहोराले २५ रन बनाएर राम्रो साथ दिए । लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा निर्मल गुरुङले एक विकेट लिए ।
यसअघि मिलन बोहराको घातक बलिङसामु लुम्बिनी २९.१ ओभरमा ९२ रनमा अलआउट भएको थियो । बोहराले १५ रन खर्चेर ५ विकेट लिए भने हेमन्त धामीले २ विकेट लिए । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३८ तथा नर सार्कीले ११ रन बनाए ।
समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको थियो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो । लुम्बिनी र सुदूरपश्चिमबीचको गत वर्षको फाइनल खेल लुम्बिनीले १ सय १३ रनले जितेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदूरपश्चिमसँग १ सय रनले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा चोरी गरेको आरोपमा ३ जना पक्राउ
-
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
-
बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
-
बसन्त कुँवर : २८ वर्षसम्म ‘लो प्रोफाइल’मा काम गरेका आईजीपी
-
साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन