लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीको दाबी
सोमबार, १९ मंसिर २०७९, १३ : ५५

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेको छ । माओवादीका स्थायी समिति सदस्य एवं रोल्पाको प्रदेशसभा क्षेत्र नं. १ बाट विजयी जोखबहादुर महराले लुम्बिनीको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
उनले पार्टीले आफूलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको समेत दाबी गरे । निर्वाचनपछि काठमाडौं पुगेर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत अन्य उच्च तहका नेताहरूसँग छलफल गरेको भन्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौंबाट फर्किएर रोल्पा पुगेका महराले भने, मैले काठमाडौंमा पार्टी नेतृत्वसँग छलफल गरेर आएको छु । सिट संख्या र प्रदेशको सत्ता बाँडफाँटमा लुम्बिनीको नेतृत्वमा माओवादी केन्द्रले दाबी गर्ने कुरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी दुई प्रदेशमा हल्का हिमपातको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
गायिका एलिना चौहान भन्छिन्–अहिले त मेरो नामै धोकेबाज रे !
-
साथीको नामको फेसबुक आइडी बनाएर ठगेको आरोपमा युवती पक्राउ
-
भारतलाई हराउँदै नेपाल महिला यु–२० च्याम्पियनसिपको फाइनलमा
-
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड कट्यो