शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ग्रहण’मा नम्रताको जोडी दिव्यदेव

सोमबार, १९ मङ्सिर २०७९, १४ : ११
सोमबार, १९ मङ्सिर २०७९

फिल्म ‘ग्रहण’ मा अभिनेत्री नम्रता श्रेष्ठको जोडीको रुपमा अभिनेता दिव्यदेव पन्त रहने भएका छन् । निर्माण युनिटले फिल्मको अभिनेताको रुपमा दिव्यदेव फाइनल गरेको हो । नम्रता भने यस अगाडि नै छानिएकी छिन् ।
सिक्किममा एक कार्यक्रमसहित घोषणा भएको फिल्ममा  पहिले नम्रता र विनय श्रेष्ठ जोडीको फिल्ममा देखिने बताइएको थियो । अहिले भने निर्माण टिमले विनयको ठाउँमा दिव्यदेवलाई फाइनल गरेको छ । विनयले फिल्मबाट हात झिकपछि दिव्यदेव भित्रिएको बताइन्छ । 

फिल्मका निर्देशक राजीव गुरुङ हुन् । घोषणाको समय फिल्म सिक्किममा खिच्ने बताइएको थियो । तर अहिले नेपालमै छायांकन हुने तयारी भइरहेको छ । सिक्किममा सुटिङ गर्दा फिल्मको बजेट धेरै हुने भएकाले नेपालमा नै छायांकन गर्ने तयारी गरिएको निर्माता समेत रहेका निर्देशक गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप