‘ग्रहण’मा नम्रताको जोडी दिव्यदेव
सोमबार, १९ मंसिर २०७९, १४ : ११

फिल्म ‘ग्रहण’ मा अभिनेत्री नम्रता श्रेष्ठको जोडीको रुपमा अभिनेता दिव्यदेव पन्त रहने भएका छन् । निर्माण युनिटले फिल्मको अभिनेताको रुपमा दिव्यदेव फाइनल गरेको हो । नम्रता भने यस अगाडि नै छानिएकी छिन् ।
सिक्किममा एक कार्यक्रमसहित घोषणा भएको फिल्ममा पहिले नम्रता र विनय श्रेष्ठ जोडीको फिल्ममा देखिने बताइएको थियो । अहिले भने निर्माण टिमले विनयको ठाउँमा दिव्यदेवलाई फाइनल गरेको छ । विनयले फिल्मबाट हात झिकपछि दिव्यदेव भित्रिएको बताइन्छ ।
फिल्मका निर्देशक राजीव गुरुङ हुन् । घोषणाको समय फिल्म सिक्किममा खिच्ने बताइएको थियो । तर अहिले नेपालमै छायांकन हुने तयारी भइरहेको छ । सिक्किममा सुटिङ गर्दा फिल्मको बजेट धेरै हुने भएकाले नेपालमा नै छायांकन गर्ने तयारी गरिएको निर्माता समेत रहेका निर्देशक गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा