बलबहादुरलाई अन्तर्घात गरेको भन्दै आङगेलु र नाम्गेलमाथि कारबाहीको माग
नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरूको सूची माग गरेपछि सोलुखुम्बु कांग्रेसमा हलचल मच्चिएको छ । आइतबार कांग्रेस अनुशासन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरूको सूची मागेको थियो ।
कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले केन्द्रीय सदस्य , जिल्ला सभापति लगायतमाथि कारबाहीको माग गरेको छ । निर्वाचनमा पार्टीका उम्मेदवार बलहादुर केसीलाई केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु र सोलु दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पाले असहयोग र अन्तर्घात गरेको जिल्ला कार्यसमितिको जिकिर छ ।
सोलुखुम्बुमा गठबन्धनबाट कांग्रेसका बलबहादुर केसी एमालेका मानवीर राईसँग पराजित भएका छन्। अन्तर्घात र असहयोगका कारण केसी पराजित भएका पदाधिकारी एवं शुभेच्छुक संस्थाका प्रमुखको संयुक्त बैठकले निश्कर्ष निकालेको छ।
जिल्लाको संस्थापन इतर पक्षले अब नाम्गेल जाङ्बु शेर्पालाई जिल्ला सभापति भन्न नसकिने उल्लेख गरिएको छ। जिल्ला कार्यसमितिले उनीहरूमाथि कारबाहीको मागसहित पार्टीको अनुशासन समितिमा उजुरी पठाउन लागिएको जिल्ला सचिव युवराज घिमिरेले बताए ।
उनले भने, ‘केन्द्रीय अनुशासन समितिले पुस १५ गतेभित्र सूची पठाउन भनेको छ । अन्तघातीलाई त्यसै छोड्दा भोलि पनि पार्टी हार्छ ।’ जिल्ला सभापति संस्थापन पक्ष भएपनि जिल्ला कार्यसमितिमा केसी निकटको बहुमत छ ।
जिल्ला सचिवद्वय युवराज घिमिरे र भलाकाजी राईले एक विज्ञप्ति जारी गरेर पनि कारबाहीको माग गरिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमन्त्रीले एक महिनाको तलब विद्यालयलाई दिने
-
तीन मिनेटको आइटम नम्बरको लागि २ करोड शुल्क
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)
-
समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार