शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेसले बढायो तीन गुणा शक्ति

सोमबार, १९ मङ्सिर २०७९, १७ : १५
सोमबार, १९ मङ्सिर २०७९

 गण्डकीमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम सकिएको छ । गण्डकीमा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ सिट जितेर पहिलो दल बन्न सफल भएको छ । प्रतिनिधिसभा तर्फ १८ र प्रदेशसभा तर्फ ३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा कांग्रेसले ०७४ भन्दा तेब्बर सिट जितेको हो ।

०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र गण्डकी प्रदेशसभातर्फ ६ सिट जितेको थियो । यसपटक कांग्रेसले प्रतिनिधिसभामा दश गुणा र प्रदेश सभामा तेब्बर सिट सुरक्षित राख्न सफल भएको हो । कांग्रेसले एमाले किल्ला भत्काउँदै धेरै ठाउँमा जित हात पारेको छ । गठबन्धनमा सामेल नेकपा माओवादी केन्द्रले भने विगतको सिट गुमाएको छ । सम्रगमा गठबन्धनको फाइदा कांग्रेसलाई भएको देखिन्छ ।

०७४ को निर्वाचनमा कांग्रेसले प्रदेशसभातर्फ प्रत्यक्ष ६ र समानुपातिबाट ९ गरी १५ सिट जितेको थियो । कांग्रेसले अहिले निकै बलियो उपस्थिति बनाएको छ । अहिले प्रत्यक्ष मै १८ जितिसकेको हो भने समानुपातिकतर्फ एमालेले भन्दा केही हजार कम मत पाएर दोस्रो स्थानमा छ । यो हिसावले समानुपातिकतर्फ एमाले र कांग्रेसको १ सिटको तलमाथि पर्न सक्ने देखिन्छ । समानुपातिकमा कांग्रेसले ९ सिट पाउने नेताहरु बताउँछन् । कांग्रेस नेताहरुले भने झै समानुपातिकमा ९ सिट पाए ०७४ सालमा एमालेजत्रो दल बन्न कांग्रेस सफल हुने छ । ०७४ सालमा गण्डकीमा एमालेका २७ सांसद थिए ।

प्रदेशसभाको २ सिट बाहेक सबै क्षेत्रमा उम्मेदवारी दिएको एमालेले समानुपातिकमा पहिलो देखिए पनि विगतको धेरै सिट गुमायो । ०७४ सालमा एमालेले प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ १७ ठाउँमा निर्वाचन जितेको थियो ।

०७४ सालमा बहुमत नजिक पुगेको नेकपा एमाले यसपटक खुम्चिएको छ । निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभातर्फ एमालेले ५ र प्रदेशसभातर्फ १२ सिटमा खुम्चिएको हो । समानुपातिकतर्फ भने एमाले संघ र प्रदेशसभा दुवैतिर पहिलो नम्बरमा छ । एमाले नेताहरु गण्डकीमा यसपटक समानुपातिकमा १० सिट पाउने दाबी गर्छन् । यद्यपि समानुपातिकको मतगणना अझै जारी छ । समानुपातिकमा १० सिट पाए एमाले २२ सिटमा खुम्चिने छ ।

०७४ मा वाम तालमेल गर्दा माओवादीले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभा तर्फ ९ सिट जितेको थियो भने समानुपातिकको ३ सिट पनि थपिएको थियो ।

तर अहिले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ  ५ सिट मात्र जितेको छ । समानुपातिकमा माओवादीले ३ सिट पाउन सक्ने नेताहरु बताउँछन् । यसो गर्दा माओवादीको गण्डकीमा ८ सिट पुग्नेछ ।

यस्तै, गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् भने प्रदेशसभातर्फ मनाङ २ बाट स्वतन्त्र सांसद दीपक मनाङे निर्वाचित भएका छन् । गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादी भने प्रदेशमा निल भएको छ । प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ नवलपुर १ (२) मा उम्मेदवारी दिएको एकीकृत समाजवादीले दुवै सिटमा गुमाएको हो ।

०७४ सालमा राष्ट्रिय जनमोर्चाका गण्डकीमा प्रत्यक्ष २ र १ समानुपातिक गरेर ३ सांसद थिए । बाबुराम नेतृत्वको तत्कालीन नयाँ शक्तिले प्रत्यक्ष १ र समानुपातिक १ गरेर २ सांसद जितेको थियो । प्रदेशसभातर्फ मनाङ–२ बाट स्वतन्त्र दीपक मनाङे नै निर्वाचित भएका थिए । 

कांग्रेसले जितेका प्रदेश निर्वाचन क्षेत्र

१ बिन्दुकुमार थापा कास्की २ (२)

२ प्रकाश बराल कास्की ३ (२)

३ जितप्रकाश आले तनहुँ २ (२)

४ अशोक श्रेष्ठ तनहुँ १ (१)

५ नन्दप्रसाद न्यौपाने गोरखा १ (२)

६ भेषबहादुर पौडेल लमजुङ (२)

७ टकराज गुरुङ लमजुङ (१)

८ सुरेन्द्रराज पाण्डे गोरखा २ (२)

९ डिल्लीराम सुवेदी बागलुङ १ (२)

१० जितबहादुर शेरचन बागलुङ २ (१)

११ द्रोणकुमार कुँवर बागलुङ २ (२)

१२ दीपेन्द्रबहादुर थापा बागलुङ १ (१)

१३ नम्डु गुरुङ मुस्ताङ (१)

१४ विकल शेरचन मुस्ताङ (२)

१५ मुनिन्द्रजंग गुरुङ मनाङ (१)

१६ महेन्द्रध्वज जिसी नवलपुर १(१) 

१७. भोजराज अर्याल स्याङ्जा २(१)

१८. महेश भट्टराई स्याङ्जा २(२)

एमालेले जितेका प्रदेश निर्वाचन क्षेत्र

१ खगराज अधिकारी कास्की १ (१)

२ श्याम गुरुङ कास्की १ (२)

३ भीम कार्की कास्की २ (१)

४ गणेशमान गुरुङ कास्की ३ (१)

५ श्यामराजा महत तनहुँ २ (१)

६ सीता सुन्दास स्याङ्जा १ (१)

७ सुधीरकुमार पौडेल स्याङ्जा १ (२)

८ भक्तबहादुर कुँवर पर्वत (१)

९ मित्रलाल बस्याल पर्वत (२)

१० पदमा जिसी नवलपुर २ (१)

११ लक्ष्मणबहादुर पाण्डे नवलपुर २ (२)

१२ रोशनबहादुर गाहा थापा नवलपुर १ (२)

माओवादीले जितेका प्रदेश निर्वाचन क्षेत्र

१ हरिबहादुर चुमान तनहुँ १ (२)

२ रेशम जुग्जाली मगर म्याग्दी (२)

३ हरि भण्डारी म्याग्दी (१)

४ फणीन्द्र देवकोटा (नेसपा) गोरखा २ (१)

५ कृष्णप्रसाद धिताल गोरखा १ (१)

स्वतन्त्र

१ राजीव गुरुङ मनाङे (२)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप