बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीभन्दा दोब्बर ठूलो ग्रह भेटियो, मानिसका लागि नयाँ बासस्थान बन्न सक्ला ?

सोमबार, १९ मङ्सिर २०७९, १४ : ५४
सोमबार, १९ मङ्सिर २०७९

वैज्ञानिकले हालै एक नयाँ एक्सोप्लानेटबारे पत्ता लगाएका छन् । तर जबदेखि खगोलविद्ले यस ग्रहको आकार र प्रकारबारे जानकारी पाएका छन्, उनीहरु हैरान भएका छन् । यो ग्रहको नाम हो HD-114082b । यो एक नयाँ ग्रह हो जसको आकारण वृहस्पति जत्तिकै ठूलो छ । यसको मापनपछि वैज्ञानिकहरुले थाहा पाएका छन् कि ग्यास ग्रह निर्माणसँग सम्बन्धित दुई मोडलमध्ये कसैसँग पनि यो ग्रहको गुण मेल खाँदैन । अर्थात्, यो ग्रह आफ्नो उमेरको हिसाबले निकै भारी छ र यसको निर्माण कसरी भयो यो अझै पनि एक पहेली हो ।

जर्मनमा म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीको एस्ट्रोफिजिसिस्ट ओल्गा जखोजायका अनुसार हालको मोडलसँग तुलना गर्ने हो भने ग्यास जायन्ट HD-114082b को उमेर पनि मात्र १.५ करोड वर्ष मात्रै छ, जुन युवा ग्रह भएको नाताले दुईदेखि तीन गुणा बढी घना छ ।

एस्ट्रोनोमी एन्ड एस्ट्रोफिडिक्स जर्नलमा प्रकाशित शोधका अनुसार HD-114082b करिब ३०० प्रकाश वर्ष टाण छ । यो हालसम्म पत्ता लागेको सबैभन्दा कम उमेरको एक्सोप्लानेट्समध्ये एक हो । यसको गुणलाई बुझेपछि ग्रह कसरी बन्छन् भन्नेकुरा बुझिन्छ । यो त्यो प्रक्रिया हो जसलाई अहिलेसम्म पूर्ण रुपमा बुझिएको छैन ।

एउटा एक्सोप्लानेटलाई व्यापक रुपमा बुझ्नका लागि दुई प्रकारको डेटाको आवश्यकता हुन्छ – ट्रान्जिट डेटा र रेडियल भेलोसिटी डेटा । जब कुनै ताराको चारैतिर चक्कर लगाउने एक्सोप्लानेट उसको अगाडिबाट यात्रा गर्छ तब ताराको प्रकाश जसरी कम हुन्छ, ट्रान्जिट डेटा त्यसैको एक रेकर्ड हो । यदि हामीलाई ताराको चमक थाहा छ भने त्यो मन्द हुँदै गएको प्रकाशबाट एक्सोप्लानेटको आकारबारे पत्ता लाग्न सक्छ । जबकी एक्सोप्लानेटको गुरुत्वाकर्षण टगको जवाफमा एउटा तारा जति लर्खराउँछ त्यसको रेकर्ड रेडियल भेलोसिटी डाटा हुन्छ । यदि हामीलाई ताराको द्रव्यमानबारे थाहा छ भने यो डग्मगाएको आयामले हामीलाई एक्सोप्लानेटको द्रव्यमानबारे जानकारी दिन सक्छ ।

यसको द्रव्यमान वृहस्पतिभन्दा ८ गुणा बढी छ

अनुसन्धानकर्ताले करिब चार वर्षसम्म HD-114082b को रेडियल भेलोसिटी डेटा जम्मा गरे । ट्रान्जिट डेटा र रेडियल भेलोसिटी डेटाको प्रयोग गरेर अनुुसन्धानकर्ताले पत्ता लगाए कि HD-114082b को रेडियस वृहस्पति ग्रहको समान छ तर यसको द्रव्यमान वृहस्पतिभन्दा ८ गुणा बढी छ । यसको अर्थ यो हो कि एक्सोप्लानेटको घनत्व पृथ्वीभन्दा करिब दोब्बर छ र वृहस्पतिको घनत्वको लगभग १० गुणा छ ।

यो कसरी बन्यो, खगोलविदलाई थाहा छैन

यो युवा एक्सोप्लानेटको आकार र द्रव्यमानको मतलब यो एक विशाल चट्टी ग्रह हुन असम्भव छ । यसका लागि पृथ्वीको रेडियस ३ गुणा र पृथ्वीको द्रव्यमानको २५ गुणा हुन आवश्यक छ । चट्टानी एक्सोप्लानेट्समा घनत्वको सीमा निकै कम हुन्छ । यो सीमाभन्दा माथि ग्रह सघन हुन्छ र यसको गुरुत्वाकर्षणले हाइड्रोजन र हिलियमको स्थिर वातावरण कायम गर्न थाल्छ । HD-114082b यी मापदण्डभन्दा निकै धेरै अघि छ जसको अर्थ यो हो कि यो एक ग्यास जायन्ट हो । तर यो कसरी बन्यो भनेर खगोलविदले बुझ्न सकेका छैनन् ।

एमपीआईएका खगोलशास्त्री राल्फ लन्हार्ट भन्छन्, ‘हामीलाई लाग्छ कि यो विशाल ग्रह दुई सम्भावित तरिकाले बनेको हुनसक्छ । यी दुई तरिकालाई ‘कोल्ड स्टार्ट’ वा ‘हट स्टार्ट’ भनिन्छ । कोल्ड स्टार्टले मानेको छ कि एक्सोप्लानेट कंक्रिटसँग कंक्रिट मिलेर बनेको होला । जबकी हट स्टार्टलाई डिस्क अस्थिरताको रुपमा पनि चिनिन्छ र यो त्यतिबेला हुन्छ जब डिस्कमा घुमिरहेको अस्थिर क्षेत्र, गुरुत्वाकर्षणमा कोल्याप्स हुने गर्छ । त्यसपछि जुन पिण्ड बन्छ त्यो पूर्ण रुपमा बनेको एउटा एक्सोप्लानेट हुन्छ जसमा कुनै चट्टानी कोर हुँदैन जहाँ ग्यास सबैभन्दा बढी तातो हुन्छ ।

शोधकर्ताका अनुसार HD-114082b को गुण हट स्टार्ट मोडलमा फिट हुँदैन । यसको कोर भिन्न खालको छ । लन्हार्ट भन्छन्, ‘हामी सबैबाट हट स्टार्टको अवधारणालाई त्याग्न सक्दैनौँ । हामी यतिमात्रै भन्न सक्छौँ कि हामी अहिले पनि विशाल ग्रहको निर्माणलाई ठिक तरिकाले बुझ्न सकेका छैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप