शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक झिम्काइमा नारान (नारायणगोपाल)

सोमबार, १९ मङ्सिर २०७९, १५ : १०
सोमबार, १९ मङ्सिर २०७९

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यका बारेमा गीतकार नगेन्द्र थापाले मधुपर्क (वैशाख ०४८)मा नारायणगोपालमाथि आलेखका लेखेका थिए । नगेन्द्रकै आलेखबाट ‘एक झिम्काइमा नारान’लाई यहाँ प्रस्तुत गरेका छौँ ।  

  जन्म : वि.सं. १९९६ असोज १८ ।

मृत्यु : वि.सं. ०४७ मंसिर १९ ।

जन्मस्थान : किलागल काठमाडौं ।

पिता : श्री आशागोपाल गुरुवाचार्य

आमा : राममाया गुरुवाचार्य

पत्नी : पेमला गुरुवाचार्य ।

बिहे भएको वर्ष : २०२७ फागुन ।

छोराछोरी : छैनन् ।

दाजुभाइ : एक दाजु, चार भााइ (एकजना रहेनन्) ।

दिदीबहिनी : तीनजना ।

शिक्षा : एमएसम्म पढेको भारतको बडोदामा शास्त्रीय संगीत अध्ययन गरेको तर पूरा नगरेको ।

प्रसारित गीत : डिस्क र टेप गरी २०० भन्दा बढी । 

सोख : खाना बनाउने, चेस खेल्ने, चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेषगरी काठको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने ।

सम्पादन : बागीनाका प्रकाशक तथा सम्पादक ।२०३७ सालमा सांस्कृतिक संस्थानका महाप्रबन्धक । 

सञ्चार मन्त्रालयमा सल्लाहार ।

कृति : कान्छी मस्याङ्ग (गीति नाटकको कथा) ।

– सामान्य उचाइ (पाँच फिट ७ इन्च हो कि जस्तो लाग्छ) ।

– चिम्सा आँखामाथि पावरफुल चस्मा ।

– पातलो माथिल्लो ओठमाथि जुँगाको मसिनो रेखा ।

– चिउँडोतिर अलिकति लत्रिएको तल्लो ओठ ।

– मोटामोटा चलबलाइरहने हातका औँलाहरु ।

– कसिएको तथा बराठिएको जिउको बनोट ।

सम्मान र विभूषण :

२०२३ सालका सर्वोत्तम संगीतकार, रेडियो नेपालद्वारा आयोजित ।

२०२४ सालको सर्वोत्तम गायक, रेडियो नेपालद्वारा आयोजित । 

२०३९ सालमा रत्न रेकर्ड पुस्कार, रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित ।

२०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, राजकीय प्रज्ञा प्रतिष्ठान ।

२०४३ सालमा लाायन्स अवार्ड, विशाल बजार लायन्स क्लब, काठमाडौँद्वारा । 

२०४४ सालमा छिन्नलता पुस्कार । 

२०४५ सालमा जगदम्बाश्री पुरस्कार, मदन पुरस्कार गुठी ।

२०४५ सालमा वर्षको सर्वश्रेष्ठ पुरस्कार, अन्तर्राष्ट्रिय मञ्च पत्रिका ।

२०४७ सालमाा उर्वशी रङ्ग पुरस्कार ।

२०४८ सालमा त्रिशक्ति पट्ट तेस्रो (मरणोपरान्त) । 

मधुपर्क (वैशाख, २०४८)बाट साभार 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप