रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न मागसहित आयोगमा निवेदन

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सफलले सोमबार आयोगमा निवेदन दिँदै कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गरेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समेत प्रस्ट पारेका छन् । ‘तर नेपाली नागरिकता नै नभएका रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एवम् सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्वाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु’, सफलले संविधानको धारा १७ (क) उधृत गर्दै भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?