बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

राताम्मे सेयर बजार : २४ अंकले घट्दा १ अर्ब ६७ करोडको कारोबार

सोमबार, १९ मंसिर २०७९, १७ : १५
सोमबार, १९ मंसिर २०७९

सोमबार २४ अंकमाथिले घटेको सेयर बजार राताम्मे बन्न पुगेको छ । अघिल्लो दिन २ अंकले मात्र बढेर १९६३.२२ अंकमा उक्लिएको नेप्से सूचक आज २४.४६ अंकले घट्दै पुनः १९३८.७६ अंकमा ओर्लिएको हो । 
यद्यपि, आज १ अर्ब ६७ करोड ४ लाख रूपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.३७ प्रतिशतले घट्दैगर्दा यता फाइनान्स समूहको उपसूचक २.२८ प्रतिशतले घटेको छ । अन्य समूहहरुको उपसूचक २ प्रतिशतले कमले घटेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप