प्रचण्ड भेट्न खुमलटार पुगे एमाले सचिव
सोमबार, १९ मङ्सिर २०७९, १६ : ५०
नेकपा एमालेका सचिव रघुवीर महासेठ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सोमबार महासेठ प्रचण्डलाई भेट्न पुगेका हुन् ।
चुनावी नतिजा आएसँगै सरकार गठनको रस्साकस्सी भइरहेका बेला महासेठ खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रचण्डको सचिवालयले छलफल भएको पुष्टि भएपनि थप विषय खुलाउन चाहेन ।
दुई दिन अघि बसेको माओवादी केन्द्रको बैठकमा नेताहरूले सरकार बनाउन सबै विकल्प खुला राख्ने भनेको थियो । तर भोलिपल्टै माओवादी यूटर्न हुँदै गठबन्धन भित्रबाटै सरकार बनाउन तयार रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण