भारतीय प्रधानमन्त्री मोदीकी १०० वर्षीया आमाद्वारा मतदान
सोमबार, १९ मंसिर २०७९, १७ : २४
प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकी छन् । सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकी हुन् । साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेकी छन् ।
यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेटेका थिए । भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेको देखिएको छ । प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि लिएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औं जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु