प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा
सोमबार, १९ मंसिर २०७९, १७ : ४७

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आम चासो बढिरहेका बेला नेताहरूले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदानप्रदानको बहानामा उनीहरू राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।
प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् । सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदानप्रदान सहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ ।
सिंह काठमाडौं १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने