पत्रकार राईको रिहाइको माग राख्दै ज्ञापनपत्र

उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाइको माग राख्दै नेपाल पत्रकार महासंघ मोरङ शाखासहित ६ वटा संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
समाचार लेखेकै आधारमा पत्रकार राईविरुद्ध प्रहरीले ‘साइबर क्राइम’ मा म्याद थप गरि अनुसन्धान अगाडि बढाउनु कानुन विपरीत भएको भन्दै सोमबार नेपाल पत्रकार महासंघ मोरङ, नेपाल प्रेस युनियन, प्रेस चौतारी मोरङ, प्रेस सेन्टर मोरङ, फोटो पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मोरङ र मधेसी पत्रकार समाजले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको हो ।
नेपाल पत्रकार महासंघका निवर्तमान सहसचिव, रेडियो नेपालका उदयुपर संवाददता नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय सदस्य समेत रहेका राईलाई साइबर क्राइम गरेको अभियोगमा प्रहरीले रिपोर्टिङकै क्रममा पक्राउ गरेको थियो ।
समाचार लेखेको विषय भएकाले समाचारका पात्रहरू उर्मिला राउत र युवराजको मिलेमतोमा परेको साईबर क्राइम मुद्धामा आकर्षति नहुने बताउँदै सो मुद्दा प्रेस काउन्सिल नेपालको आधारक्षेत्र भित्र पर्ने भएकाले प्रहरीले समन्वय नगरी गिरफ्तार गर्नुले नेपालमा साईबर क्राईम ऐन कार्यान्वयन गर्ने काम नितान्त पत्रकारलाई तह लगाउने बदनियतपूर्ण कार्य रहेको ध्यानाकार्षण पत्रमा उल्लेख छ ।
सामाजिक विकृति, विसंगतिविरुद्ध कलम चलाउनु कुनै पनि पत्रकारको पेशागत धर्म र कर्तव्यसमेत रहेको बताउँदै कुनै पनि पत्रकार र उसँग सम्बन्धित सञ्चार जगतमाथि आइपर्ने यस्ता गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघले डटेर सामना गर्दै आएको र यो घटनामा पनि चुप लागेर बस्न नसक्ने पत्रका उल्लेख गरिएको छ ।
उता पत्रकार महासंघ उदयपुर शाखाले भने विगत केही दिनदेखि पत्रकार राईको विनासर्तमा रिहाइको माग गर्दै आन्दोलनरत छन् । ‘पकाउ परेका पत्रकार राईलाई तत्काल विनाशर्त रिहा गरी उनीमाथि लागेको अभियोगको छानविन गर्ने जिम्मा पत्रकार र पत्रकारिता क्षेत्रको छानबिन, कारबाही र नियमन गर्ने अधिकार प्राप्त न्यायिक निकाय प्रेस काउन्सिल नेपाललाई सुम्पन जोडदार माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र पेस गरिएको छ ।
पक्राउ परेका राईलाई निशर्त रिहा नगरिए देशभरका कलमजीविहरु अनिश्चितकालीन आन्दोलन गर्न बाध्य हुने उल्लेख गर्दै आन्दोलनबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सुन्तला
-
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ : डा.पाण्डे (अन्तर्वार्ता)
-
समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार
-
१ वर्ष बितिसक्दा पनि आएन सर्वोच्चको ‘१५ दिन’
-
कविता : आत्मा