भारतले अनधिकृत संरचना बनाएकोबारे रवि – निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन
सोमबार, १९ मंसिर २०७९, १९ : ४४

महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । अब निरीहताको निरन्तरता आफ्नो पुस्तालाई स्वीकार्य नभएको बताउँदै उनले यसका लागि आफू भारतसँग वार्ता गर्न तयार रहेको समेत बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भैसकेको छ। त्यसैले अब नयाँ सिरा बाट कुरा गरौँ। दार्चुलामा भेट्ने हो कि काठमाडौँमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौँ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।’ राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति ने निकालेर भारतको कदमको विरोध गरेको छ ।
यो पनि