बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स च्याम्पियन

सोमबार, १९ मङ्सिर २०७९, १९ : ५१
सोमबार, १९ मङ्सिर २०७९

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौँ जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते ।

प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले एआईएलाई ३४–२७ ले पराजित ग¥यो । जितमा हेम्सका हेमन्त राजवंशीले २० अंक योगदान गरे । स्प्याङ्गल तेश्रो भयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा पूजा थापाको १० अंक सहयोगमा इनोभेटिभले काठमाडौँ जेभियर्सलाई १२–७ ले हरायो । चैतन्य संस्कार शिक्षालयले तेश्रो स्थानमा चित्त बुझायो ।

घट्टेकुलोस्थित सूर्योदय माविमा भएको जुनियर ब्वाइजको फाइनलमा काठमाडौँ जेभियर्सले चैतन्यमाथि २२–१४ को जित रच्यो । काठमाडौँ जेभियर्सका सुविन बस्नेतले ८ स्कोर गरे । सूर्योदय तेश्रो बन्यो ।

सिनियर ब्वाइजमा हेम्सका दृष्य खड्का, सिनियर गल्र्समा इनोभेटिभकी पूजा थापा र जुनियर ब्वाइजमा काठमाडौँ जेभियर्सका सुविन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा एआईएका दिगेश आले मगर, सिनियर गल्र्समा काठमाडौँ जेभियर्सकी सन्ध्या थापा र जुनियर ब्वाइजमा चैतन्यका समिर केसी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा चैतन्य, सिनियर गल्र्समा स्वप्नवाटिका र जुनियर ब्वाइजमा एआईए अनुशासित टिम   चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी, आयोजक प्याब्सन मध्य क्षेत्रीय कमिटीका अध्यक्ष दिनेशकुमार पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सिनियर ब्वाइजमा १७, सिनियर गल्र्समा १४ र जुनियर ब्वाइजमा ९ गरी जम्मा ४० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप