रुसका दुई सैन्य हवाई क्षेत्रमा विस्फोट
सोमबार, १९ मंसिर २०७९, २० : ०५

रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट भएको छ । मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । साराटोभ क्षेत्रमा भएको विस्फोटमा अन्य दुई जना घाइते भएको बताइएको छ ।
अहिलेसम्म यी विस्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौँ किलोमिटर टाढा छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।
सेराटोभका क्षेत्रीय गभर्नरले सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको जानकारी दिएका छन् । उनले यसलाई "सैनिक अड्डाहरूमा दुर्घटना रिपोर्ट" को रूपमा वर्णन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली : लामखुट्टे भगाउने ‘उपाय’ अपनाउँदा ६ जनाको मृत्यु
-
सन्ताउन्न वर्षीया महिलासहित नौ महिला एसइईमा सहभागी
-
कांग्रेसभित्रै मन्त्रीमा भागबण्डाको रडाको, देउवासँग शेखर समूह असन्तुष्ट
-
वाल स्ट्रीट जर्नलका संवाददाता जासुसीको आरोपमा पक्राउ
-
आईपीएल क्रिकेट डिसहोममा हेर्न पाइने
-
डलर साट्ने बहानामा लुटपाट गर्ने मुख्य अभियुक्त पक्राउ