बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसका दुई सैन्य हवाई  क्षेत्रमा विस्फोट

सोमबार, १९ मङ्सिर २०७९, २० : ०५
सोमबार, १९ मङ्सिर २०७९

रुसका दुई सैन्य एयरफिल्डमा विस्फोट भएको छ । मस्कोको दक्षिण पूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । साराटोभ क्षेत्रमा भएको विस्फोटमा अन्य दुई जना घाइते भएको बताइएको छ ।

अहिलेसम्म यी विस्फोटको कारण खुल्न सकेको छैन । दुवै क्षेत्र युक्रेनको सिमानाबाट सयौँ किलोमिटर टाढा छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यी दुवै घटनाबारे जानकारी गराइएको बताए ।

सेराटोभका क्षेत्रीय गभर्नरले सुरक्षा निकायले विस्फोटको कारण पत्ता लगाउन प्रयास गरिरहेको जानकारी दिएका छन् । उनले यसलाई "सैनिक अड्डाहरूमा दुर्घटना रिपोर्ट" को रूपमा वर्णन गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप