लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल
सोमबार, १९ मंसिर २०७९, २० : २०

राष्ट्रिय जनता दल (राजद)का अध्यक्ष लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण सफल भएको छ । लालु यादवका छोरा तथा बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले अस्पतालबाट शल्यक्रियापछिको भिडियो ट्वीट गरेका छन् ।
उनले अहिले लालुप्रसाद यादवलाई आईसीयूमा सारिएको बताएका छन् । दाता रोहिणी आचार्य र लालुप्रसाद यादव दुवै स्वस्थ छन् । लालु यादवको सिङ्गापुरको माउन्ट एलिजाबेथ अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई मिर्गौला दिने उनकी छोरी रोहिणी आचार्य सिंगापुरमा बस्छिन् ।
गत महिना लालुप्रसाद यादव र उनकी छोरी रोहिणी आचार्यको मिर्गौला म्याच भएको थियो । राजद प्रमुख लालु लामो समयदेखि विभिन्न रोगबाट पीडित छन् । उनलाई मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीडीपीमा सहकारीको योगदान २० प्रतिशत माथि छ : सचिव डा.रेग्मी
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा आमा छोराको मृत्यु
-
बढ्दो छ बैंकिङ कसूरका घटना
-
वर्षौँदेखि खुला आकाशमा रात बिताउँदै बीजमायाको परिवार
-
फ्रान्सको क्यालेस बन्दरगाहबाट ३५० केजी लागुऔषध बरामद