रुपन्देहीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, १९ मंसिर २०७९, २० : ३९

रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।
ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झना कप टेबलटेनिस : नविता र रविना फाइनलमा
-
शुभम् पावरको आईपीओमा तीन दिनमा नै ८९ करोड ८१ लाख रुपैयाँ बढीको आवेदन
-
साओमीका मोबाइल, ल्यापटप किन्दा नबिलबाट शून्य प्रतिशत इएमआई सुविधा पाइने
-
हवाई सुरक्षामा प्राधिकरणको ६ बुँदे निर्देशन : भीएफआर फ्लाइटले सर्ट टेकअफका लागि कम्तीमा ५ सय फिट कायम गर्नुपर्ने
-
देशको फाइँदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ