जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा
सोमबार, १९ मंसिर २०७९, २२ : ४८

फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेल अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।
जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।