मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

सोमबार, १९ मङ्सिर २०७९, २३ : ३६
सोमबार, १९ मङ्सिर २०७९

क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ ।  सोमबार भएको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । 

क्रोएसियाका लागि निकोला भेलासिक, मार्केलो ब्रोजोभिक र मारियो पेसालिकले गोल गरे । मार्को लिभाजाले पोनाल्टी मिस गरे ।  यता जापानका लागि ताकुमा सानोले गोल गेरे भने माया योसाइद, काउरुद मिटामा र मिनामिनोले मिस गरे । 

यसअघि अल जानुब स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।  जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । 

यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप