बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनतातो पानी र महले कसरी तौल घटाउने ? विज्ञबाट फाइदा र सेवन गर्ने विधि जान्नुहोस्

मङ्गलबार, २० मङ्सिर २०७९, ०७ : ५९
मङ्गलबार, २० मङ्सिर २०७९

जब चिनीको स्वस्थ विकल्पको कुरा आउँछ, मह सबैभन्दा मनपर्ने विकल्पहरू मध्ये एक हो । यसले तपाईंले खाएको खानेकुरालाई मिठो स्वाद मात्र प्रदान गर्दैन, यसको सेवन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यो तौल घटाउन वा आफ्नो शरीरलाई फिट राख्न चाहनेहरूका लागि चिनीको स्वस्थ विकल्प पनि हो । तौल घटाउन खोजिरहेका मानिसहरूका लागि पनि महको सेवन धेरै लाभदायक साबित हुन सक्छ र छिटो तौल घटाउन मद्दत गर्छ । विशेष गरी यदि तपाईं मनतातो पानीमा मह मिसाएर सेवन गर्नुहुन्छ भने, यसले तपाईंलाई छिटो क्यालोरी घटाउन मद्दत गर्दछ । साथै यसले धेरै स्वास्थ्य लाभसमेत प्रदान गर्दछ ।

मनतातो पानी र मह पिएर तौल कसरी घटाउने भन्ने प्रश्न धेरैको हुनसक्छ ? वा कसरी एक भारतीय सञ्चार माध्यमले यस विषयमा थप जान्न क्लिनिकल पोषण विशेषज्ञ र आहारविद् गरिमा गोयलसँग कुरा गरेको छ । यसमा मनतातो पानी र महको मद्दतले तौल घटाउने तरिकाबारे बताइरहेका छौँ ।

मनतातो पानी र मह तौल घटाउन कसरी फाइदाजनक हुन्छ ?

आहारविद् गरिमाका अनुसार जब तपाईं मनतातो पानी र मह खानुहुन्छ, यो मिश्रणले कलेजोलाई ग्लुकोजमा परिणत गर्नका लागि एक इन्धनको रुपमा काम गर्छ । यो ग्लुकोजले मस्तिष्कमा ब्लड ग्लुकोजको मात्रा उच्च राख्न मद्दत गर्छ, जबकि मस्तिष्कलाई फ्याट बर्निङ हर्मोन निकाल्न बाध्य पार्छ । जब तपार्इं चिनीको उपभोग गर्नुहुन्छ, यसले अधिक क्यालोरी बढाउँछ, तर जब हामी मह खान्छौं, यसले क्यालोरीहरू जलाउन र शरीरमा जम्मा भएको जिद्दी बोसो घटाउन मद्दत गर्दछ ।

यस बाहेक, यो संयोजनले तपाईंको पाचन सुधार गर्न र मेटाबोलिजम बढाउन मद्दत गर्दछ । जसका कारण तपाईंले जे खानु हुन्छ, त्यो राम्रोसँग पाचन हुन्छ र तपाईंको शरीरलाई यसको पूरा फाइदा हुन्छ । जब तपाईंको मेटाबोलिजमले राम्ररी काम गरिरहेको हुन्छ, यसले अतिरिक्त क्यालोरीहरू छिटो जलाउँछ, तपाईंले दिनभरि जुनसुकै शारीरिक क्रियाकलाप गरे पनि, त्यो समयमा तपाईंले क्यालोरीहरू बर्न हुनेछ ।

यो संयोजनले तपाईंको भोकलाई पनि नियन्त्रण गर्छ । मीठो खानेकुराको चाहनालाई पनि शान्त गराउँछ । यसले गर्दा तपाईंले कम खानुहुन्छ, साथै कम अस्वस्थकर खाना खानुहुन्छ । यसरी तपाईंले कम क्यालोरी खानुहुन्छ र धेरै क्यालोरीहरू बर्न गर्नुहुन्छ ।

मनतातो पानी र महले तौल घटाउने तरिका

आहारविद् गरिमाका अनुसार तौल घटाउनको लागि तपाईंले आफ्नो दिनको सुरुवात मनतातो पानी र महले गर्नुपर्छ । ध्यान राख्नुहोस् कि तपाईंले तातो पानीमा मह मिसाउनु हुँदैन, न त पानीमा मह राखेर उमाल्नु नै हुन्छ किनभने मह पकाउनु हुँदैन, यसले तपाईंको स्वास्थ्यलाई हानि पुर्‍याउँछ । २०० मिलीलीटर पानी तताउनुहोस्, त्यसपछि यसलाई सेलाउन छोड्नुहोस्, त्यसपछि मनतातो भएपछि, त्यसमा मह मिसाएर सेवन गर्नुहोस् । तपाईंलाई मनपर्छ भने  भने त्यसमा कागतीको रस मिसाएर पनि पिउन सक्नुहुन्छ, यसले निकै फाइदा पुग्छ । यसका अलावा दालचीनी, अदुवा, कालो मरिच, जीरा आदिलाई पनि पानीमा उमालेर खान सक्नुहुन्छ । त्यसपछि त्यसमा मह मिसाएर पनि पिउन सकिन्छ । यसबाहेक, तपाईं आफ्नो हर्बल चियामा मह मिसाएर पनि पिउन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप