मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले बस पुर्दा कोलम्बियामा कम्तीमा ३३ जनाको मृत्यु

मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : १४
मङ्गलबार, २० मङ्सिर २०७९

कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा  बस पुरिएको थियो । 

गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं । उद्धार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ । ’

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुखित भएको बताएका छन् । कोलम्बिया अस्वाभाविक रूपमा भारी वर्षाले प्रभावित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप