गायक लक्की अलीले गरे जमिनमा माफियाको नियन्त्रणको दाबी, छानबिनको आदेश

भारतीय गायक तथा अभिनेता लक्की अलीले आफ्नो जग्गा अतिक्रमणका सम्बन्धमा कर्नाटकका डीजीपीसँग सहयोग मागेका छन् । राज्यका गृहमन्त्री अर्गा नायेन्द्रले डीजीपीलाई घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
लक्की अलीको वास्तविक नाम मकसुद महमूद अली हो । लक्की अलीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा केही भू–माफियाले बेंगलोरमा आफ्ना पुर्खाको तीन एकड जमिन अतिक्रमण गरिएको आरोप लगाएका छन् । उनले अतिक्रमण गर्नेहरूलाई आईएएस अधिकारीको पनि समर्थन रहेको बताए ।
लक्की अलीले आफू कामको सिलसिलामा दुबईमा रहेकाले बेंगलोरमा बस्ने आफ्नो परिवारलाई प्रहरी सुरक्षा दिनुपर्ने पनि बताए । अलीले आफ्नो सोशल मिडिया पोस्टमा आईएएस अफिसर रोहिणी सिन्दुरी, उनका पति सुधीर रेड्डी र भाइ मधुसूदन रेड्डीको नाम लिएका छन् ।
लक्की अलीको आरोपमा आईएएस अफिसर रोहिणी सिन्दुरीले भनिन्, ‘म लक्की अलीको कलाको सम्मान गर्छु, तर मलाई लाग्छ कि यो मुद्दा अदालतमा हुँदा उनको यो पोस्ट बिल्कुलै अनावश्यक थियो । यो मेरो छविलाई क्षती पुर्याउने, अपमान गर्ने र सहानुभूति प्राप्त गर्ने नियतले गरिएको हो ।’
लक्की अलीले पनि यस विषयमा एसीपीलाई गुनासो गरेको तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताए । उनको परिवार विगत ५० वर्षदेखि यहाँ बस्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड