शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : ग्रानिट जाका, स्वीटजरल्याण्ड

पोजिसन: मिडफिल्डर, उमेर : २९ वर्ष
मङ्गलबार, २० मङ्सिर २०७९, १० : ११
मङ्गलबार, २० मङ्सिर २०७९

पछिल्ला वर्षहरूमा स्वीटजरल्याण्डले ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । गत वर्षको यूरोमा स्वीटजरल्याण्ड क्वार्टरफाइनलसम्म पुगेको थियो । यसक्रममा विश्वविजेता फ्रान्सलाई हराएको स्वीटजरल्याण्ड स्पेनसँग पेनाल्टीमा स्तब्ध बनेको थियो ।

कतार विश्वकपमा स्वीटजरल्याण्डले आफ्नो दाबेदारी कायम राख्दै अन्तिम १६ मा प्रवेश गरेको छ । अब टोलीसामु पोर्चुगलको चुनौती रहेको छ । क्रिस्टियानो रोनाल्डोको टोलीलाई पन्छ्याउन ग्रानिट जाकाको भूमिका महत्त्वपूर्ण रहनेछ ।

सन् २०११ मा स्वीटजरल्याण्डका लागि डेब्यू गरेका भेटरान खेलाडीले ११० खेल खेल्दै १२ गोल गरिसकेका छन् । आर्सनलबाट व्यावसायिक फुटबल खेल्दै आएका जाका टोलीका कप्तान र स्वीस टोलीको मुटु हुन् ।

बासेल जन्मिएका ग्रानिट जाकाको परिवार कोसोभो र अल्बानियाबाट आएका हुन् । त्यसैले उनका दाइ टाउलान्ट जाका अल्बानियाबाट खेल्छन् । ग्रानिट जाकालाई मैदानमा निकै आक्रामक खेलाडी मानिन्छन्, एउटा नेतृत्वकर्ता जो कुनै खेलाडीसँग जुध्न पछि पर्दैनन् । सटिक पास गर्ने उनको क्षमताको पनि निकै तारिफ गरिन्छ ।

विश्वकप छनोटमा चोटका कारण मात्र दुई खेल्न पाएका जाका यस वर्ष भने सबै खेल खेल्न पाएका छन् । बुन्डेस लिगामा १ सयभन्दा बढी र प्रिमियर लिगमा पनि २ सयभन्दा बढी खेल खेलिसकेका जाकाको अनुभव आजको खेलमा पक्कै पनि महत्त्वपूर्ण रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप