रुसमा विस्फोटपछि जवाफी कारबाही : युक्रेनमा आठौँ लहरको मिसाइल आक्रमण

रुसले युक्रेनमा पछिल्ला आठ हप्तामा आठौँ लहरको शृङ्खलाबद्ध मिसाइल आक्रमण गरेको छ । मिसाइल आक्रमणबाट पूर्वमा रहेको विद्युतीय प्रशारण लाइनमा क्षति पुगेको समाचार प्रकाशित भएका छन् । त्यस्तै, ओडेसा पनि विद्युतविहीन बनेको छ । युक्रेनले आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
दुई हप्ताको अन्तरालपछि गरिएको मिसाइल आक्रमणमा पछिल्ला आक्रमणका तुलनामा कम क्षति भएको युक्रेनको दाबी छ । रुसले प्रहार गरेका ७० मध्ये ६० वटा मिसाइललाई आकाशमा नै नष्ट गरिएको युक्रेनले बताएको छ । उता, मस्कोले भने सबै १७ वटा लक्ष्यमा सफलतापूर्वक मिसाइल प्रहार भएको जानकारी दिएको छ ।
यसअघि नै रुसले युक्रेनमा थप आक्रमण गर्ने आशंका हुँदै आएको थियो । रुसका दुई सैन्य हवाई क्षेत्रमा विस्फोट भएको केही घण्टामा नै रुसले जवाफी कारबाही सुरु गरेको थियो । रुसले यसमा युक्रेनी ड्रोन संलग्न रहेको दाबी गरेको छ । रुसले गत अक्टोबर १० देखि युक्रेनको विद्युतीय ग्रिडलाई निशाना बनाएर आक्रमण गर्दै आएको छ । त्यसयता युक्रेनको आधाभन्दा बढी विद्युतीय संरचनामा क्षति पुगेको बताइएको छ । यसले शून्यभन्दा तल पुग्ने तापक्रममा लाखौँ युक्रेनी नागरिक बाँच्न बाध्य बनेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्री पौडेलेको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट
-
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने
-
राष्ट्रपति दलीय कि गैरदलीय ?
-
पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक
-
एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो
-
सूचनाको हक कुण्ठित गर्ने निर्णयबाट पछि हट्यो सरकार