बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अरबाजले होइन, मलाइकाले राखेकी थिइन् विवाहका लागि प्रस्ताव : आफैँले गरिन् खुलासा

मङ्गलबार, २० मङ्सिर २०७९, १० : ५३
मङ्गलबार, २० मङ्सिर २०७९

बलिउडकी ग्ल्यामर सेलिब्रिटी भनेर चिनिने मलाइका अरोडाको रियालिटी शो अन्ततः सुरु भएको छ । यो शोको प्रतीक्षा धेरै अगाडिदेखि गरिँदै आएको थियो । शोको नाम मुभिङ इन विद मलाइका हो । आफ्नो नीजि जीवनलाई गोप्य राख्ने मलाइका अरोडाले यो शोमार्फत् आफ्नो जीवनबारे थाहा पाउने मौका प्रशंसकलाई दिइरहेकी छिन् । शोको पहिलो एपिसोडमा मलाइकाले आफ्नो विवाहबारे खुलासा गरेकी छिन् ।

मलाइकाले गरेकी थिइन् अरबाजलाई प्रपोज

आफ्नो शो मुभिङ इन विद मलाइकामा मलाइका अरोडाले पूर्व श्रीमान् अरबाज खानसँग आफ्नो विवाहबारे कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘मानिसहरुलाई सायद थाहा छैन होला कि अरबाजले नभई मैले उनलाई विवाहका लागि प्रस्ताव राखेको थिएँ । मैले यस्तो गर्नुको एउटा कारण थियो ।’

त्यो कारणबारे जानकारी दिँदै उनले भनिन्, ‘म आफ्नो घरबाट निस्कन चाहन्थेँ त्यसैले अरबाजलाई अरबाजलाई विवाहका लागि प्रस्ताव राखिदिएँ । मैले उनलाई भनेँ, ‘मलाई तपाईंसँग विवाह गर्नुछ, के तपाईं तयार हुनुहुन्छ ?’ मेरो यस्तो कुरा सुनेपछि उनले मतिर फर्किए र निकै प्रेमपूर्वक मलाई भनेका थिए, ‘तपाईं दिन र स्थान छान्नुहोस् ।’

किन टुट्याे दुईको विवाह ?

अरबाज खानको तारिफ गर्दै मलाइका अरोडाले थपिन्, ‘उनी निकै कमालका व्यक्ति हुन् । उनले मलाई काम गर्न दिए । मलाई जसरी मनपर्छ त्यसरी नै बस्न दिए । आज म जस्तो छु त्यो यसकारण पनि हुँ किनभने उनले मलाई आफ्नो हिसाबले बाँच्न दिए । पछि हामी एक–अर्कासँग टाढा भयौँ । म त्यतिबेला सानै पनि थिएँ । मलाई के पनि लाग्छ भने म पछि परिवर्तन पनि भएँ । मलाई जीवनमा केही भिन्न चाहिएको थियो । मलाई आफ्नो वरिपरि केही कुरा मन पर्दैनथ्यो र मलाई महसुस भयो कि म अघि बढ्नु पर्छ । मलाई लाग्यो कि यस्तो गर्ने एउटै तरिका छ – केही सम्बन्धलाई पछाडि नै छोड्नुपर्छ ।’

उनले थपिन्, ‘अब मलाई लाग्छ कि हामी दुई पहिलोको भन्दा राम्रो मान्छे बनिसकेका छौँ । हामी एक अर्कालाई प्रेम र एक अर्काको इज्जत यसकारण गर्छौँ किनभने हामी भिन्न मानिस बनिसकेका छौँ । हाम्रो एउटा बच्चा पनि छ । त्यसैले यो चिज कहिल्यै पनि फेरिने छैन । तर मलाई हामी एकसाथ हुँदा राम्रो बन्न सक्दैनौँ । सम्बन्धको अन्त्यमा आउँदासम्म हामी निकै चिढचिढे भइसकेका थियौँ । हामी निकै रिसाहा र नकारात्मक मानिस बनिसकेका थियौँ । ‘दबंग’ सम्म हामी दुईबीच सबै राम्रो थियो । त्यसपछि स्थिति परिवर्तन भएको थियो ।’

अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुले सन् २०१६ मा अलग्गिने निर्णय गरेका थिए । सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । मलाइका र अरबाजका एउटा छोरा छन् । उनको नाम अरहान खान हो । हाल मलाइका अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेका थिए । यता अरबाज मोडल जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप