शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानडामा २१ वर्षीया सिख युवतीको हत्या, प्रहरीद्वारा टारगेट किलिङको आशंका

मङ्गलबार, २० मङ्सिर २०७९, ११ : १४
मङ्गलबार, २० मङ्सिर २०७९

क्यानडाको ब्राम्पटनमा बस्ने २१ वर्षीया सिख युवतीको गोली हानी हत्या गरिएको छ । प्रहरीले यो ‘टारगेट किलिङ’ हुन सक्ने आशंका गरेको छ ।

टोरन्टो सनको समाचार अनुसार ती युवतीमाथि तीव्र गतिमा गोली चलाइएको थियो । पिल क्षेत्रीय प्रहरीका अनुसार उक्त हमला मिसिसाउगा ग्यास स्टेशन नजिकै भएको हो ।

अधिकारीहरूका अनुसार ती महिलाको पहिचान पवनप्रीत कौरको रूपमा भएको छ, जो ग्यास स्टेशनमा नै काम गर्थिन् ।

एक प्रत्यक्षदर्शी मार्क स्यान्डोभलले टोरन्टो सनलाई भने, ‘हामीले आक्रमणकारीले पीडितको निधारमा बन्दुक राखेको देख्यौँ ।’

केही अन्य प्रत्यक्षदर्शीका अनुसार महिलालाई तीनदेखि चार पटक गोली लागेको थियो ।

ट्रिब्युन इन्डियाका अनुसार खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेपनि पवनप्रीत कौरको घटनास्थलमै मृत्यु भइसकेको थियो । उनलाई तत्काल उपचार गराउने प्रयास गरियो तर सफल हुन सकेन ।

प्रहरीका अनुसार घटनास्थलबाट हालसम्म कुनै हतियार बरामद भएको छैन ।

केही दिनअघि सरीको एउटा पार्किङस्थलमा भारतीय मूलकी १८ वर्षीया मेहकप्रीत सेठीको पनि छुरा प्रहार गरी हत्या भएको बेला यो घटना बाहिरिएको हो ।

टोरन्टो सनको समाचार अनुसार आक्रमणकारीको पहिचान हुन सकेको छैन । आक्रमण महिला वा पुरुषले गराएको भन्ने पनि खुल्न सकेको छैन ।

प्रहरी अधिकारीले टोरन्टो सनलाई भने, ‘अभियुक्तले कालो लुगा लगाएका थियो र उनी घटनास्थलबाट फरार छन् । प्रत्यक्षदर्शीबाट प्रारम्भिक जानकारीबाट हामीलाई यो टार्गेट किलिंग हुनसक्ने अनुमान छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप