सुनको भाउ तोलामा ६ सय रूपैयाँले घट्यो, चाँदीको कति ?
मंगलबार, २० मंसिर २०७९, ११ : ५०

अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार
-
खोप अभियान लक्षित समूहसम्म पुर्याउन आवश्यक : मन्त्री गिरी
-
काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता
-
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसको रणनीति : 'कम्फर्टेबल'मा पौडेल, 'रिस्क'मा सिटौला !
-
बैतडीमा जिप दुर्घटना
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो