बाढी नियन्त्रणका लागि रु २० लाख

शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि रु २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम अगाडि बढाइएको हो ।
चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, वनहरा, दोदा लगायतका ठूला नदी र स-साना खहरे खोलाले प्रत्येक वर्ष विपद् निम्त्याउन थालेपछि नगरपालिका डुवान क्षेत्रको पहिचान गरी परियोजना निर्माण अघि बढाएको हो ।
परियोजना अन्तर्गत डुवान हुने र नहुने जग्गा पहिचानका लागि सर्वे गरिने नगरपालिकाका प्राविधिक शाखाका प्रमुख दीपक धामीले बताए । “जिल्लामा पहिलो डुवान क्षेत्र पहिचान गरी निकासको व्यवस्थापनको काम सुरु भइसकेको छ”, उनले भने, “डुवानको समस्याको दीर्घकालीन समाधान गर्ने गरी काम भइरहेको छ ।”
विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विज्ञको सल्लाह सुझावका आधारमा परियोजना तयार गरिने उनको भनाइ छ । “डुवानको उच्च जोखिम र न्यून जोखिमका क्षेत्र पहिचानको कार्य गरी सोही अनुसार योजना निर्माण गरिन्छ”, उनले भने, “नगरपालिकाबाट सक्ने काम नगरपालिकाले र नसक्ने काम प्रदेश र सङ्घले गर्नेछ ।”
परियोजना अन्तर्गत डुवान क्षेत्रको पहिचानसँगै पानी निकासका लागि ढल निर्माण गर भू-क्षय हुने क्षेत्रमा भरपर्दो दिगो रुपमा टिक्ने तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टको भनाइ छ ।
गत असोज पहिलो साता आएको बाढीले नगरपालिका–११ को वनहरा शिविर, वडा नं १२ को तिलकी, दुवाहा, एकान्तकुना बस्ती डुवानमा परेका थिए । साथै मनहरा नदीमाथिको झोलङ्गेपुल भत्काउँदा ठूलो नोक्सानी भएको थियो । बाढीको पानी खेतबारीमा पस्दा धान, सखरखण्ड, उखुलगायत बाली किसानले भित्र्याउन पाएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् क्यानको बोर्ड बैठकले गरेका १७ निर्णयहरु
-
सभामुखमा मेरो निष्पक्ष भूमिका रहन्छ : तुलाराम घर्तीमगर
-
सांसद एकनाथ ढकालले सोधे– ‘माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?’
-
राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी
-
आफ्नो मृत्यु भइसक्यो भनेर देखाउन चाहन्थिन्, इन्स्टाग्राममा आफूजस्तै देखिने केटीलाई खोजेर मारिन्
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?