‘एमाले सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छ’

निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई औँल्याइरहेका छन् ।
उनीहरुले तेस्रो विकल्पका रुपमा नेकपा एमालेले वाम पार्टीलाई साथ लिएर सरकार गठनका लागि पहल गरिरहेको समेत बताएका छन् । तर, नेकपा एमालेले अरूलाई समर्थन गरेर सरकार बनाउने, एमालेकै नेतृत्वमा सरकार बनाउने भनेर बाहिर आएका चर्चाप्रति कुनै सत्यता नरहेको नेकपा एमालेका एक शीर्ष नेताले दावी गरेका छन् ।
एमालेका उपाध्यक्ष समेत रहेका नेता विष्णु पौडेल अहिले जनताले दिएको जनादेश एमाले सरकारमा जान नभएर प्रतिपक्षमा बस्न भएको बताउँछन् । ‘अहिले नेकपा एमाले सरकारमा जाँदैन, यसमा प्रस्ट भए हुन्छ कि एमाले प्रतिपक्षमा बस्छ’, उपाध्यक्ष पौडेलले भने, ‘एमालेलाई प्रतिपक्षमा बस्न भनेर जनमत आएको हो ।’
उनले एमाले सरकारमा जाने र सरकार बनाउन पहल समेत गरिरहेको भनेर गरिएका प्रचारबाजीमा सत्यता नरहेको स्पष्ट पारे । ‘हामीले त्यस्तो पहल पनि गरेका छनौँ र अहिले गर्दैनौ पनि । हामी अहिले बन्ने कुनैपनि सरकारमा जाँदैनौ, प्रतिपक्षमै बस्छौ’, उपाध्यक्ष पौडेलले भने, ‘प्रतिपक्षको भुमिका भनेको गुण दोषका आधारमा समर्थन र विरोध गर्ने नीति हो ।’
उनले कसैलाई समर्थन समेत नगर्ने स्पष्ट पारे । कतिपयले कांग्रेसलाई एकल सरकार बनाउन एमालेले सरकार बाहिरै बसेर समर्थन जनाउन लिखित सहमति नै गर्न तयार रहेको भनेर समेत प्रचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाई विरुद्ध ज्ञानेन्द्र शाहीको नियमापत्ति
-
प्रतिनिधि र प्रदेश सभामा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यकारी कानुनी व्यवस्था गर्दैछौं : थपलिया
-
मन्त्रीहरुले संविधानको व्यवस्था विपरीत बोल्न हुँदैन : सांसद पन्त
-
पर्यटकीय ‘हब’ बन्दै गाजाको दह
-
भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य
-
सिंहदरबारलाई गिज्याउने १५ तस्बिर