बैंकहरुद्वारा प्रदेश १ मा साढे ५ खर्ब बराबरको कर्जा प्रवाह

गएको एक वर्षमा मात्र बैंकहरुले प्रदेश १ मा साढे ५ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाले प्रदेश १ मा कुल ५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तो कर्जा अघिल्लो आर्थिक वर्षको भन्दा १३.२ प्रतिशतले बढी हो ।
यद्यपि, समीक्षा वर्षमा प्रदेश १ बाट निक्षेप समेत ५.८ प्रतिशतले वृद्धि हुँदै ३ खर्ब ६६ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा प्रदेश नं. १ को कर्जा निक्षेप–अनुपात १४८.४ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा प्रदेश नं. १ मा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) १३८.७ प्रतिशत रहेको थियो ।
२०७९ असार मसान्तसम्म प्रदेश नं. १ मा पुनरकर्जा र सहुलियतपूर्ण कर्जाको बक्यौता रकम क्रमशः रु.१३ अर्ब ३ करोड र रु.३६ अर्ब २ करोड पुगेको बैंकको रिपोर्टले देखाएको छ ।
२०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६७.७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक जारी
-
आफ्नो ‘जासुसी बेलुन’ खसालेपछि चीनले भन्यो, ‘आवश्यक प्रतिक्रिया दिनेछौँ’
-
नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
-
नेपाल पर्यटन यातायात व्यवसायी संघको चौथो वार्षिक साधारणसभा सम्पन्न
-
आन्तरिक राजश्व कार्यालय जुम्लामा राजश्व असुली निराशाजनक