बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने

मङ्गलबार, २० मङ्सिर २०७९, १२ : ३०
मङ्गलबार, २० मङ्सिर २०७९

बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।

विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।  विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप