एक साता पछि सर्यो ‘चि मुसी चि’

फिल्म ‘चि मुसी चि’को रिलिज मिति परिवर्तन भएको छ । पौष १५ मा रिलिज हुन लागेको फिल्म एक सातापछि सरेर पौष २२ मा पुगेको छ ।
निर्माण युनिटले फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत हेरफेर भएको जानकारी दियो । अहिलेको अवस्थामा दुई नेपाली फिल्म एकै मितिमा जुधाउनु भन्दा एक हप्तापछि शोलो रिलिज गर्नु उपयुक्त लागेकोले निर्माता अरुण चक्रवतर्तीले बताए ।
‘बलिउड र हलिउड फिल्मसँग भागेर एकआपसमा जुधाउने परम्परालाई तोड्ने हेतुले ‘चि मुसी चि’ पौष २२ मा रिलिज गर्न लागिएको हो । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन रहेको फिल्ममा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएको छ । रिञ्जु केसीसँग मिलेर फिल्म अरुण चक्रावर्तीले बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो लगानीमा भएको निजी स्कुल देखाउन रावललाई मन्त्री खनालको चुनौती
-
पुरानो बानेश्वर घटना : श्रीमतीलाई आफन्तकहाँ पठाएर छोरीको हत्या, घटनास्थलबाट ‘सुसाइड नोट’ बरामद
-
लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइँदैछ : रावल
-
प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई
-
गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई समावेश गर्न चीनसँग आग्रह
-
क्याम्पस प्रमुख बरालमाथि अपराधिक समूहद्वारा जबर्जस्ती गरियो : अखिल क्रान्तिकारी