शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्षकी डेलनाजको आफूभन्दा १० वर्ष कान्छा व्यक्तिसँग प्रेम बस्यो, सम्बन्धविच्छेद हुनुको कारण बताइन्

मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ४२
मङ्गलबार, २० मङ्सिर २०७९

‘फिल्म कल हो ना हो’ की स्विटु अर्थात् नायिका डेलनाज इरानी आजकाल चर्चामा छिन् । डेलनाजले केही दिन अघि उद्योगमा काम नपाएको बारे कुराकानी गरेकी थिइन् । अब उनले आफ्नो सम्बन्ध, लाइफ पार्टनर पर्सी, पहिलो विवाह र पिताको निधनबारे कुराकानी गरेकी छिन् । डलनाजले आफ्नो पार्टनर पर्सीलाई आफ्नो एंजल किन मान्छिन् भन्नेबारे पनि जानकारी दिएकी छिन् । आफ्नो पहिलो विवाह टुट्दाको असर उनको स्वास्थ्यमा कस्तो पर्यो भनेर पनि उनले कुराकानी गरेकी छिन् ।

१० वर्षदेखि सँगै छन् डेलनाज र पर्सी

सिद्धान्त कन्नातसँग कुराकानी गर्र्दै डेलनाज इरानी आफ्नो लाइफ पार्टनर पर्सीबारे कुरा गर्छिन्, ‘मैले सही समयमा एउटा यस्तो व्यक्ति पाएँ जसले मेरो सबै समस्या मबाट निकालेर मलाई एउटा नयाँ जीवन दिए । उनको नाम हो पर्सी । निकै लामो सम्बन्ध छ । हाम्रो सम्बन्ध १० वर्षको छ । मलाई मानिसहरुले विवाह गर, किन नगरेको भनेर सोध्छन् । म उनलाई साँच्चै नै एन्जल मान्छु । म महसुस गर्छु कि ती व्यक्तिले मेरो जीवनमा आएर मलाई इमोशनल्ली र मेन्टल्ली सपोर्ट गरे । उनले मलाई सबैकुरा ठिक हुन्छ भनेर सम्झाए । उनी निकै साधारण छन् । उनी निकै दयालु र प्यारा छन् । मलाई धेरै राम्रो कुरा दिएका छन् ।’

उनले थपिन्, ‘उनीबाट मैले त्यो पाएँ जुन मैले मेरो विवाहबाट पाएको थिइनँ । कुनै पनि सम्बन्धमा, कुनै पनि विवाहमा अत्यावश्यक कुरा भनेको इज्जत हो । जब मैले ‘म पर्सीलाई प्रेम गर्छु’ भन्छु वा उनले ‘डलनाज मेरो दुनियाँ हो’ भन्छन् तब भिन्न खालको महसुस हुन्छ । प्रेमको सुरुवातमा एक अर्काका लागि काउकुती लाग्ने खालको महसुस हुन्छ तर हामी त्योभन्दा अघि बढिसकेका छौँ । उनको पनि विवाह टुटेको थियो र मेरो पनि । त्यसैले हाम्रो भावना मिल्छ । हामी कहाँ जाँदै छौँ भन्ने मलाई थाहा थिएन । यो निकै सुन्दर सम्बन्धमा परिवर्तन भयो । तर म यो सम्बन्धलाई नाम दिन चाहन्नँ । मलाई लाग्छ कि यदि मैले यो सम्बन्धलाई कुनै नाम दिएँ भने थाहा छैन भोलि के हुनेछ र म आफ्नो प्रेम गुमाउन चाहन्नँ ।’

डेलनाजभन्दा १० वर्ष कान्छा छन् पर्सी

नायिकाका अनुसार पर्सीसँग प्रेममा पर्नु सहज थिएन । उनले भनिन्, ‘पर्सीसँग मेरो सम्बन्ध जस्तो छ, त्यस्तै रहन देउ भनेर मलाई धेरैले सल्लाह दिएका छन् । आज पनि यदि कसैले मलाई भेट्न आउँछन् भने पर्सीलाई म मेरो श्रीमान नै भनेर चिनाउँछु । के फरक पर्छ र ? पर्सीसँग प्रेममा पर्न समय लागेको थियो । उनी मभन्दा १० वर्ष कान्छा छन् । र म यत्तिकै पनि निकै ओल्ड स्कुल हुँ । म सोच्थेँ कि उनी १० वर्ष कान्छा छन् । कहाँ हुन्छ यस्तो ? यो कसरी भयो, म आफैँलाई पनि थाहा छैन ।’

राजिव पलसँग डेलनाजले विवाह गरिन् । १४ वर्ष सँगै बसेपछि यी दुई अलग्गिए । उनले यसबारे भनिन्, ‘मेरो पहिलो विवाहको पनि सुरुवात निकै राम्रो भएको थियो । तर पछि स्थिति खराब भयो । मेरो जीवन यत्तिकै छरपस्ट भएको थियो । त्यो प्रेम, त्यो इज्जत, जुन एक–अर्काका लागि हुनुपर्छ त्यो सबै हराएको थियो । शंका बीचमा आएपछि प्रेम बाँकी रहँदैन । हामी १४ वर्ष सँगै बसेका थियौँ । मेरो वैवाहिक जीवन राम्रो चलिरहेको थिएन त्यसैले यसको असर मेरो स्वास्थ्यमा पनि पर्यो । तर आज सबैकुरा ठिक छ । मेरो पूर्व श्रीमानसँग सम्बन्ध राम्रै छ । यदि मैले उनलाई भेटेँ भने हामी हेलो भन्छौँ र एक–अर्कासँग बोल्छौँ । हामी साथी होइनौँ तर एक–अर्कासँग कुराकानी गर्र्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप